×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

अनलाइन तेक्वान्दो प्रतियोगिता हुने

अनलाइन तेक्वान्दो प्रतियोगिता हुने

काठमाडौँ- काठमाडौँ जिल्ला तेक्वान्दो संघको आयोजनामा प्रथम काठमाडौँ जिल्लाव्यापी अन्तर डोजाङ प्रमुख अनलाइन पुम्से तेक्वान्दो प्रतियोगिता माघ २८ गते हुने भएको छ । 

प्रतियोगितामा विभिन्न २ सय डोजाङका २ सय डोजाङ प्रमुखहरुको सहभागिता रहने आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका हुन् ।

दुई एकल प्रतिस्पर्धा समावेश गरिएको छ । पुरुष/महिला १८ वर्षमाथि उमेरसमूहको खेल हुनेछ । पुरुष/महिला दुवैमा समान नगद पुरस्कार राखिएको छ । पहिलो हुनेले ५ हजार, दोश्रोले ३ हजार र तेश्रोले २ हजारका दरले नगद पुरस्कार पाउने छन् ।

सहभागीले माघ २३ गतेसम्म आफ्नो नाम दर्ता गराइसक्नु पर्ने छ । माघ २३ देखि २६ गतेसम्म भिडियो पठाउने अवधि तोकिएको छ । भिडियो बढीमा १ मिनेट २० सेकेन्डको मात्र हुनु पर्ने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्