×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बैंक/वित्त

लघुवित्त बैंकर्स संघको अध्यक्षमा प्रकाश राज शर्मा निर्विरोध

लघुवित्त बैंकर्स संघको अध्यक्षमा प्रकाश राज शर्मा निर्विरोध

काठमाडाैँ - नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा प्रकाशराज शर्मा निर्विरोध चयन भएका छन् । संघको शुक्रबार सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट लक्ष्मी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत समेत रहेका शर्माको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएकाे हो ।

यसैगरी धौलागिरी लघुवित्तका सीईओ मिन बहादुर बोहरा उपाध्यक्ष चयन भएका छन् भने महसचिवमा नेशनल माइक्रोफाइनान्सका राम बहादुर यादव र कोषाध्यक्षमा उन्नति सहकार्य लघुवित्तका सीईओ प्रेम बहादुर पाठक र सचिवमा सबैको लघुवित्तका सीईओ केशव कुमार पौडेल चुनिएका छन् ।

यसैगरी सदस्यहरुमा जनउत्थान सामुदायिक लघुवित्तका सीईओ श्रीराम पोखरेल, जाल्पा सामुदायिक लघुवित्तकी बिमला योगी, सिभिल लघुवित्तका विनोद आचार्य, आशा लघुवित्तका बद्री प्रसाद दुलाल, इन्फिनिटी लघुवित्तका प्रविण कुमार लामा र महुली लघुवित्तका सीईओ गंगाधर पाण्डे चयन भएका छन् ।

विजय लघुवित्तका सीईओ निवर्तमान अध्यक्ष बसन्त कुमार लम्साल नेतृत्वको कार्य समितिको २ वर्षे कार्यकाल सकिएपछि संघको आज सम्पन्न साधारणसभाले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो ।

संघमा नयाँ नेतृत्व चयनको लागि चुनावी वातावरण तय भएपनि अन्तिम समयमा अध्यक्ष सहित सबै पदहरुमा निर्विरोध नयाँ कार्यसमिति चयन भएको थियो । लघुवित्त बैंकर्स संघ लघुवित्त वित्तीय सँस्थाहरुको प्रमुख कार्यकारी अधिकृत (सीईओहरु) को छाता संगठन हो ।

प्रतिकृया दिनुहोस्