×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

महाधिवेशन अन्योलमा परेपछि पौडेलले बोलाए बैठक

महाधिवेशन अन्योलमा परेपछि पौडेलले बोलाए बैठक

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकटका केन्द्रीय सदस्यहरूको भेला बोलाएका छन् । भदौमा हुने भनिएको १४औं महाधिवेशन अन्योलमा परेपछि पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरुको भेला बोलाएका हुन् । पौडेलले बोलाएको बैठक सोमबार (आज) दिउँसो ३ बजे महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बस्ने पौडेलनिकट एक नेताले जानकारी दिए ।

कांग्रेसले साउन २८ मा केन्द्रीय समिति बैठक पनि बोलाएको छ । महाधिवेशन अन्योलमा परेपछि सभापति शेरबहादुर देउवालाई समयमै महाधिवेशन गर्न दबाब दिन पौडेलले केन्द्रीय सदस्यहरूको भेला बोलाएको ती नेताले बताए । ‘बैठकले आगामी रणनीति पनि तय गर्नेछ,’ ती नेताले भने, ‘महाधिवेशन हुनैपर्छ भन्ने लाइन हो ।’

पौडेलल आजै बिहान मात्रै फेसबूकमा ‘असफल व्यक्ति सत्तामा पुग्दा यस्तो हुने’ उल्लेख गरेका थिए ।

प्रतिकृया दिनुहोस्