×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सस्तो मूल्यमा ‘आईफोन १६ई’ बजारमा ल्याउँदै एप्पल

सस्तो मूल्यमा ‘आईफोन १६ई’ बजारमा ल्याउँदै एप्पल

काठमाडौं - एप्पलको बजेटमैत्री फोनका रूपमा चिनिएको आईफोन एसईबारे बजारमा फेरि चर्चा सुरु भएको छ । सन् २०२२ मा आईफोन एसई थ्री सार्वजनिक गरेयता कम्पनीले सस्तो मूल्यको फोन ल्याएको थिएन । तर, हालैका अफवाहहरूका अनुसार एप्पलले चाँडै नै सस्तो मूल्यको नयाँ फोन बजारमा ल्याउने तयारी गरेको छ ।

यसपटक एप्पलले आईफोन एसईको नाम परिवर्तन गरी ‘आईफोन १६ई’ नामकरण गर्ने बताइएको छ । विभिन्न मिडिया रिपोर्टहरूका आधारमा कम्पनीले यो मोडेललाई आफ्नो मुख्य लाइनअपमा समाहित गर्दै आईफोन परिवारकै महत्वपूर्ण भागका रूपमा प्रस्तुत गर्न खोजेको छ ।

यो नयाँ आईफोनको डिजाइन आईफोन १४ जस्तै हुने चर्चा छ । यसमा ओएलईडी स्क्रिन, फेस आइडी र ८ जीबी र्याम हुनेछ । यसको अर्थ यो फोन पहिला भन्दा छिटो र शक्तिशाली हुनेछ । तर, यसमा डाइनामिक आइल्यान्ड फिचर उपलब्ध हुने छैन ।

फोनमा परम्परागत नच डिजाइन राखिनेछ । यो फोन सेतो र खैरो रंगमा उपलब्ध हुनेछ । मिड-रेन्ज बजारलाई लक्षित गरेर ल्याइने यस फोनले मिड-रेन्ज बजारमा एप्पलको प्रतिस्पर्धात्मक स्थिति सुदृढ गर्ने विश्लेषण गरिएको छ ।

प्रतिकृया दिनुहोस्