×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शिक्षा/स्वास्थ्य

कञ्चनपुरमा विद्यालय खुल्ने

कञ्चनपुरमा विद्यालय खुल्ने

काठमाडौँ - कञ्चनपुरमा विद्यालय सञ्चालन गर्न अनुमति दिइएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको बैठकपछि  प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले एक आदेश जारी गर्दै भदौ १८ गते राती १२ बजेदेखि अर्को व्यवस्था नभएसम्मका लागि भौतिक उपस्थितीमै विद्यालय सञ्चालन गर्न पाउने उल्लेख गरेका हुन्। शैक्षिक गतिविधिलाई सहज बनाउन यस्तो निर्णय गरिएको आदेशमा उल्लेख छ।

सकभर भौतिक उपस्थितीमा पठनपाठन नगरी भर्चुअल माध्यमबाट पठनपाठन गराउन आदेशमा आग्रह गरिएको छ। यदि भौतिक उपस्थितीमा विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था आए नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको भित्र रहेर सञ्चालन गर्न पाइने आदेशमा भनिएको छ।त्यसको अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ। स्वास्थ्य मापदण्ड अपनाएको नभेटिए तत्काल विद्यालय बन्द गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेद्वारा जारी आदेशमा उल्लेख गरिएको छ। 

 

प्रतिकृया दिनुहोस्