×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

घानामा विद्यालय जाँदै गरेको डुङ्गा पल्टिएर ८ बालबालिकाको मृत्यु

घानामा विद्यालय जाँदै गरेको डुङ्गा पल्टिएर ८ बालबालिकाको मृत्यु

घाना- घानाको बोनो प्रान्तको पूर्वी क्षेत्रको भोल्टा तालमा विद्यालय जाँदै गरेको डुङ्गा पल्टिँदा मङ्गलबार ८ जना बालबालिकाको मृत्यु भएको छ।

राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन (एनएडिएमओ) ले सञ्चारमाध्यमलाई तालको छेउमा रहेको वायोकोपमा डुङ्गा पल्टिएर स्कूल जान लागेका २० विद्यार्थीमध्ये ८ जनाको मृत्यु भएको जनाएको हो । मृत्यु भएकामध्ये ५ बालक र ३ बालिका रहेका छन्।

घाना प्रहरी सेवाको मरिन पुलिस युनिटले केही स्थानीयको सहयोगमा मृतकको शव निकालेको एनएडीएमओका संयोजक इब्राहिम वुडोनीमले बताए। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस्