×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मंकीपक्स भारतमा देखिसक्यो, सरकार निद्रामा छ : भट्टराई

मंकीपक्स भारतमा देखिसक्यो, सरकार निद्रामा छ : भट्टराई

काठमाडौँ- मंकीपक्सको सङ्क्रमणबाट बच्न पूर्व तयारी नगरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको आज (मंगलबार) बसेको बैठकमा एमाले सांसद योगेश भट्टराईले मंकीपक्सले सम्पन्न देशहरुलाई समेत हायल -कायल बनाएको बताए ।

हालसम्म विश्वमा १८ हजार १९४ जना सङ्क्रमित भएको र ५ जनाको मृत्यु भएपछि विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको उनले सुनाए ।

भारतमा समेत चार वटा केस देखिएको भन्दै उनले नेपाल भयानक अवस्थाबाट टाढा नरहेको बताए । सीमा नाकामा कडाइ तथा चेकजाँच गर्ने, आम जनतालाई सचेत गराउने जस्ता कदम चाल्नुपर्ने भन्दै एमाले सचिव भट्टराईले भने, ‘तर नेपाल सरकार मौन बसेको छ, सरकार निद्राको अवस्थामा छ ।’

प्रतिकृया दिनुहोस्