×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

१४ औं महाधिवेशन : देउवाले सुरु गरे आन्तरिक छलफल, पौडेलले दिए 'काउन्टर'

१४ औं महाधिवेशन : देउवाले सुरु गरे आन्तरिक छलफल, पौडेलले दिए 'काउन्टर'

भदौ १६ देखि १९ सम्म काठमाडौंमा हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनका नेताहरुले आ-आफ्नो तयारी थालेका छन् । नेपाली कांग्रेसको बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको वडा तहको अधिवेशन साउन १२ गतेदेखि गर्ने निर्णय गरेसँगै नेताहरु आ-आफ्नो तयारीमा जुटेका हुन् । 

लामो समयदेखि अन्योलमा रहेको मुलुककै पहिलो र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महाधिवेशनको मिति टुंगो लागेसँगै केन्द्रदेखि जिल्लासम्मका नेताहरुमा चुनावी चटारोमा छन् । कोरोना महामारीका कारण जारी निषेधाज्ञाका बीच नेताहरुले भेटघाटलाई पनि तीव्रता दिएका छन् । यही क्रममा सभापति देउवाले सातै प्रदेशका आफू निकट केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने योजना बनाएका छन् । महाधिवेशनमा देउवाको उम्मेदवारी अपेक्षित नै भए पनि शनिबार प्रदेश १ का आफू निकट केन्द्रीय सदस्यहरुको भेला बोलाएर आफू सभापतिमा दोहोरिनेबारे मुख खोलेका हुन् । सभापति देउवाले आफू फेरि सभापतिमा उठ्नुपर्ने परिस्थिति बनेको र पार्टीलाई थप सशक्त बनाएर संविधान र लोकतन्त्रको रक्षा गरि १५ महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्ने बताएका हुन् । 

उनले कांग्रेसलाई देशकै ठूलो पार्टी बनाएरमात्र विश्राम लिनेसमेत बताएका छन् । उनले सभापतिमा यो अन्तिम पटक भएकोले सहयोग गर्नसमेत आग्रह गरेका हुन् । 

उनले महाधिवेशनको विकल्प नभएकोले तयारीमा लाग्‍नसमेत कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले सातै प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गर्ने भएका छन् । शनिबार बिहानको देउवाले उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, भीष्मराज आङदम्बे, डा. डीला संग्रौला, मीन विश्वकर्मा, सीता गुरुङल, बाबुराम बस्नेत, सुजाता परियारलगायतका सहभागी थिए । उनले शनिबार प्रदेश २ का नेताहरुसँग पनि छलफल गरेका छन् ।

संकटको सामना गर्ने नेतृत्व चाहियो : पौडेल 

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सभापतिमा आकांक्षी देखिएका छन् । उनले संकटको सामना गर्न सक्ने नेतृत्व पार्टीलाई चाहिएको बताएका छन् ।  स्थानीय तह र अस्पताललाई स्वास्थ्य सामग्री वितरण गर्न शनिबार आयोजित एक कार्यक्रममा कांग्रेसलाई सक्षम नेतृत्व आवश्यक भएको उनले बताए । 

उनले भने, "मुलुक दुई ध्रुवमा विभाजित भएको छ । लोकतन्त्र पक्षधर एकजुट भएर अगाडस बढ्नुपर्छ । सहकार्य गर्न आउनेलाई साथमै लिएर लैजान तयार छौं । हामीसँग कोही मिल्न आउँछन् भने उनीहरुलाई टाढा बनाउन आवश्यक छैन ।

उनले अहिले राजनीति प्रतिकूल परिस्थितिबाट गुज्रिरहेकोले पार्टीको लागि सक्षम नेतृत्व आवश्यक भएकोसमेत बताएका छन् ।

प्रतिकृया दिनुहोस्