काठमाडौं - कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा विजयी हुन २३४० मत चाहिने भएको छ । हिजो राति अबेर सम्पन्न मतदानमा चार हजार ६७९ मत खसेको छ । उक्त मतको कम्तीमा ५० प्रतिशत मत पाउने उमेदवार विजयी हुनेछन् । चार हजार ६७९ को ५० प्रतिशत दुई हजार ३४० हुने भएकाले सभापतिमा निर्वाचित हुन कम्तीमा दुई हजार ३४० मत कटाउनु पर्नेछ ।
सभापतिका लागि खसेको मतको ५० प्रतिशत कुनै पनि उमेदवारले कटाउन नसकेको अवस्थामा यो पदका लागि पुनः दोस्रो चरणमा मतदान हुनेछ । दोस्रो चरणमा मतदान हुने अवस्था आए सबैभन्दा धेरै मत ल्याउने दुई उमेदवारबीच मात्रै प्रतिष्पर्धा हुन्छ ।
चार हजार ७४३ मतदाता रहेकोमा चार ६७९ मत खसेको छ । सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिष्पर्धामा छन् ।