×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालबाट राजीनामा दिएका पुबुदु दशनायके क्यानडा क्रिकेटको मुख्य प्रशिक्षक नियुक्त

नेपालबाट राजीनामा दिएका पुबुदु दशनायके क्यानडा क्रिकेटको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकबाट आज (बुधबार) राजीनामा घोषणा गरेका पुबुदु दशनायके क्यानडाका क्रिकेट टिमको जिम्मेवारी सहाल्न पुगेका छन् । क्रिकेट क्याडाले दिएको जानकारी अनुसार उनी बुधबार नै त्यहाँको राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् ।

पुबुदुले व्यक्तिगत कारण देखाउँदै नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका थिए । ‘मेरो आफ्नै व्यक्तिगत कारण छन् जसलाई मैले सम्हाल्नु पर्छ त्यसैले म यो राजीनामा दिँदा दुखित छु’, राजीनामा घोषणा गर्दै पुबुदुले भनेका थिए, ‘मलाई क्यानले कुनै कारणले ल्याएको थियो । नेपाली क्रिकेट पहिलेको भन्दा धेरै बदलिएको छ । जुन परिवर्तन आवश्यक थियो मैले गरेँ । अब युवा टोलीले आगामी दिनमा राम्रो गर्नेछ ।’

Image

दोस्रो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएको ८ महिनामै पुबुदुले राजीनामा दिएर क्यानडाको राष्ट्रिय टिम सम्हाल्न पुगेका हुन् । क्यानले गत मंसिरमा खुल्ला छनोटबाट पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

प्रतिकृया दिनुहोस्