×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अछाममा गठबन्धन दलबीच चुनावी तालमेल गर्ने सहमति

अछाममा गठबन्धन दलबीच चुनावी तालमेल गर्ने सहमति

धनगढी- अछाममा सत्ता गठबन्धन तीन राजनीतिक दलबीच स्थानीय तह चुनावमा तालमेल गर्ने सहमति भएको छ । सोमबार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको जिल्लास्तरीय बैठकले वडा तहसम्म चुनावी तालमेल गरेर जाने सहमति भएको हो ।

कांग्रेस सभापति पुष्पबहादुर शाह, माओवादी संयोजक रवीन्द्र साउँद र नेकपा एकीकृत समाजवादीका अध्यक्ष हिरण्ड भट्टराईले जिल्लाका १० स्थानीय तह र ९१ वडामा चुनावी तालमेल गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

स्थानीय तहका कमिटी र कार्यसमितिलाई गठबन्धनको मर्म र भावनाअनुसार अघि बढ्न सार्वजनिक रूपमा अनुरोध समेत गरिएकाे छ । चुनावी तालमेल गर्ने सहमतिपछि दलहरूले विज्ञप्ति जारी गर्दै निर्णय सार्वजनिक गरेका छन् ।

अछाम एमाले नेता भीम रावलको गृह जिल्ला हो । उनीपछिका नेता एकीकृत समाजवादीमा गएपछि अछाममा एमाले पहिलेभन्दा कमजोर बनेको छ ।

प्रतिकृया दिनुहोस्