×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नक्कली प्रहरी इन्स्पेक्टर बनेर सर्वसाधारणलाई तर्साउने गिरि पक्राउ

नक्कली प्रहरी इन्स्पेक्टर बनेर सर्वसाधारणलाई तर्साउने गिरि पक्राउ

काठमाडौं - आफूलाई इन्स्पेक्टर  हुँ भनी दाबी गर्दै वर्दीको दुरुपयोग गरी सर्वसाधारणलाई धम्की दिई त्रास फैलाउने एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले भोजपुरको साल्पासिलिछो गाउँपालिका घर भएका २३ वर्षीय सुजन गिरीलाई पक्राउ गरेको हो।
गिरीले सामाजिक सञ्जाल फेसबुकमा प्रहरी निरीक्षकको वर्दी लगाएको आफ्नो तस्बिर पोस्ट गरी सर्वसाधारणलाई भ्रममा पारी आतंकित पार्ने गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) ढुण्डिराज न्यौपानेले जानकारी दिए।
प्रहरीका अनुसार, गिरीले गत जेठ ६ गते राति करिब साढे ९ बजे मध्यपुर ठिमी नगरपालिका–२ स्थित दिव्यश्वरी भुटु रेस्टुरेन्ट अगाडि आफू प्रहरी निरीक्षक भएको भन्दै वर्दी लगाएको तस्बिर देखाएर स्थानीयलाई आतंकित पारेका थिए।
पक्राउ परेका गिरीलाई महानगरीय प्रहरी वृत्त ठिमी, भक्तपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्