काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मिलेर संविधानमाथि प्रहार गरेको आरोप लगाएका छन् ।
सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘राष्ट्रपति र केपी ओलीबाट संविधानमाथि आक्रमण भएको छ । त्यसैले यसको रक्षाका लागि गठबन्धन उम्मेदवारलाई जिताउनुहोला,’ पौडेलले भने ।
साथै, उनले कांग्रेस, माओवादी, समाजवादी नभनी गठबन्धनका उम्मेदवार जिताउन आग्रह गरे । नेता पौडेलले राजनीतिक क्रान्तिसँगै नयाँ आर्थिक क्रान्ति गर्नु सबै नेपालीको कर्तव्य भएको पनि बताए ।