इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको १२ वर्षे शासनकाल अन्त्य हुने भएको छ। विपक्षी दलहरु गठबन्धन सरकार बनाउनका लागि सहमत भएसँगै नेतान्याहुको शासनकाल अन्त्य हुन लागेको बिबिसीले उल्लेख गरेको छ ।
विपक्षी दलहरुले रोलक्रमका आधारमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने सहमति भए अनुसार दक्षिणपन्थी यामिना पार्टीका नेता नेफ्टाली बेनेट प्रधानमन्त्री बन्ने देखिन्छ। उनी २०२३ अगस्टसम्म प्रधानमन्त्री हुनेछन्। त्यसपछि येश एटिड पार्टीका नेता येर लेपिडलाई प्रधानमन्त्री पद दिने सहमति बनेको छ ।
७१ वर्षका नेतान्याहु इजरायलमा सबैभन्दा लामो समयसम्म सत्तामा रहने नेता हुन्। उनले विपक्षी गठबन्धनको सरकार बने देशलाई खतरा हुने चेतावनी दिँदै आएका थिए।
उनीमाथि सन् २००९ देखि भ्रष्टाचारको आरोप लाग्दै आएको छ।