×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कुशल विश्व वरियताको ३१ औँ नम्बरमा वार्नर, धवन र पोलार्डभन्दा अघि

कुशल विश्व वरियताको ३१ औँ नम्बरमा वार्नर, धवन र पोलार्डभन्दा अघि

काठमाडौँ । नेपालका ब्याटर कुशल भुर्तेल टी ट्वेन्टी वरियताको ३१ औँ नम्बरमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी०ले सार्वजनिक गरेको टी–ट्वेन्टी ब्याटरको पछिल्लो वरियतामा कुशल ६५ औँ बाट ३१ औँ नम्बरमा उक्लिएका हुन् ।

ओमानमा नेपालले भर्खरै खेलेको टी–ट्वेन्टी विश्वकप छनोट प्रतियोगितामा ओपनर कुशल भुर्तेलले एक शतक र दुई अर्धशतक प्रहार गरेका थिए । नेपाल विश्वकपमा छनोट हुन नसकेपनि तेस्रो भएको थियो ।

ऋषभले टी ट्वेन्टी विश्वकपमा आक्रामक ब्याटरको छवि बनाएका अष्ट्रेलियाका डेबिड वार्नर, वेष्टइण्डिजका इभिन लुइस र काइरोन पोलर्ड, पाकिस्तानका फखर जमान, भारतका ऋषभ पन्त र शिखर धवन दक्षिण अफ्रिकाका डेभिड मिलरलाई पनि पछि पारेका छन् ।

नेपालका दिपेन्द्रसिंह ऐरी वरियताको ५० औँ स्थानमा छन् । पाकिस्तानका कप्तान बाबर आजम शिर्ष वरियतामा कायमै छन् ।

टी–ट्वेन्टी बलिङमा नेपालका कप्तान स्पीनर सन्दीप ३६ औँ नम्बरमा परेका छन् । अर्का बलर अविनास बोहोरा ८२ औँ नम्बरमा छन् ।
टी–ट्वेन्टीको टिम वरियतामा नेपाल १३ औँ नम्बरमा छ । वरियतामा भारत शीर्ष स्थानमा छ ।

प्रतिकृया दिनुहोस्