×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

न्यूनतम साझा कार्यक्रममा जनताका प्रत्यक्ष सरोकारका विषय समेट्छौँ : गृहमन्त्री लामिछाने

न्यूनतम साझा कार्यक्रममा जनताका प्रत्यक्ष सरोकारका विषय समेट्छौँ : गृहमन्त्री लामिछाने

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जनताका प्रत्यक्ष सरोकारका विषयहरु सम्बोधन गर्ने गरी सरकारको न्युनतम साझा कार्यक्रम ल्याउने तयारी भइरहेको बताएका छन् । 

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले पाउने वातावरण बनाउने आश्वासन दिएका छन् ।

बिहीबार सुदूरपश्चिमका माओवादी केन्द्रका नेताहरूसँगको भेटमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले प्रदेशको नेतृत्व लिन शीर्ष तहमा सहमति जुटाउने आश्वासन दिएका हुन् ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिप्रसाद चौधरीले सुदूरपश्चिमको नेतृत्व माओवादीले लिने सहमति भएको बताए ।

प्रधानमन्त्रीलाई भेट्न माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता तथा प्रदेश इन्चार्ज खगराज भट्ट, प्रदेशसभा सदस्य ओमविक्रम भाट लगायतका नेताहरू सिंहदरबार पुगेका थिए ।

सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रको दाबी रहेको छ । एमाले माओवादीलाई नेतृत्व दिन लचक भएका बेला गठबन्धनकै अर्को घटक नागरिक उन्मुक्ति पार्टीले समेत दाबी गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभाको ठूलो दल नेपाली काँग्रेससँग पनि छलफल गरिरहेको स्रोतको भनाइ छ । तर माओवादी जसरी पनि नेतृत्व पाउनुपर्ने अडानमा छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली काँग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र एक जना स्वतन्त्र सांसद छन् । सरकार बनाउन २७ जनाको समर्थन चाहिन्छ । यहाँ माओवादी, एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपा मिल्दा २९ जना सांसद पुग्छन् ।

प्रदेश प्रमुखले २७ पुस साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् भने प्रदेशसभा सचिवालयले २८ पुसमा सभामुख चयनका लागि निर्वाचन गर्ने भएको छ । यस्तो अवस्थामा सरकार बनाउन दलहरू सघन छलफलमा जुटेका छन् ।

प्रतिकृया दिनुहोस्