×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

त्रिवि उपकुलपति नियुक्ति टुङ्गिएको छैन: प्रधानमन्त्री प्रचण्ड

त्रिवि उपकुलपति नियुक्ति टुङ्गिएको छैन: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषय नटुङ्गिएको बताएका छन् । सिफारिस समितिको सिफारिस प्राप्त भएपनि यसबारेमा थप निर्णय भइनसके प्रधानमन्त्रीको भनाइ छ ।  

‘त्रिभुवन विश्वविद्यालको उपकुलपति नियुक्ति भइसकेको छैन । बधाई दिएर भ्रम फैलाउने काम भएको छ’, मंगलबार बिहान गोरखा पत्रकार समाज नेपालको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन बालुवाटारमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘छिट्टै यसबारे निर्णय हुने नै छ । तर अहिलेसम्म केही भइसकेको छैन ।’

फागुन ६ गते त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको थियो । सर्टलिष्टमा परेकाहरूको अन्तर्वार्ता सकिएलगत्तै समितिको बैठकले  केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको थियो । 

उपकुलपतिका लागि ४३ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये एक जनाको आवेदन अस्वीकृत गरिएको थियो भने १४ जना सर्टलिष्टमा परेका थिए। सर्टलिष्टमा परेका १४ जनाको सोचपत्र तथा कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्तापछि विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्रीसमक्ष सिफारिस भएको थियो ।

यस्तै प्रधानमन्त्री प्रचण्डले अहिलेको लिडरसिप विश्वव्यापीरुपमा स्थापित हुँदा केही मान्छेलाई मन नपरेको जिकिर गरे । जसका कारण वर्तमान सरकार र नेतृत्वमाथि निरन्तर हमलाको प्रयास भइरहेको उनको भनाइ थियो । उनले गोर्खाको विकासमा अघिल्लो वर्ष त्यति ध्यान दिन नसकिएको स्वीकार्दै अब भने गति दिने धारणा राखे । 

प्रतिकृया दिनुहोस्