×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बाबुरामको प्रश्न- भीम रावल नक्कली ‘पिएचडी’ त होइनन् ?

बाबुरामको प्रश्न- भीम रावल नक्कली ‘पिएचडी’ त होइनन् ?

काठमाडौँ- सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसीका पक्षमा लगातार वकालत गरिरहेका छन् । उनले खासगरी सामाजिक सञ्जालमार्फत निरन्तर एमसीसी संसद्बाट अनुमोदन गरिनु पर्ने तर्क गरिरहेका छन् । 

यसै क्रममा सोमबार मध्यराति पनि उनले एमसीसीका पक्षमा जोडदार अभिव्यक्ति दिएका छन् । उनले एमसीसी सम्झौता नेपालका राजनीतिक दल र यसमा मुख्यगरी कम्युनिस्टका लागि अग्निपरीक्षा बनेको टिप्पणी गरेका छन् । यस क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले अमेरिकाको पुँजी अछुत हुने भए चीन, भारत र अन्य देशका चाहिँ के गर्ने भनेर प्रश्न समेत तेर्स्याएका छन् । 

‘एमसीसी नेपालका राजनीतिक दल, मुख्यतः कम्युनिस्ट निम्ति निर्णायक अग्निपरीक्षा बन्दै छ । पहिलो- राष्ट्रियता । भारत, चीन र अमेरिकासँग गतिशील सन्तुलन राख्ने कि एकापट्टि आश्रित बन्ने ?’, उनले भनेका छन्, ‘दोस्रो- विकास नीति । अमेरिकी अनुदान सहयोग नलिने हो भने डब्ल्यूबी, एडीबी, आईएमएफसँग के गर्ने ? अमेरिकी पुँजी अछुत भए चीन, भारत र अन्यका ?’

 

नक्कली ‘पिएचडी’ त होइनन् ?
डा. भट्टराईले एमाले नेता भीम रावलको पिएचडी नक्कली हो कि भनेर आशंका पनि गरेका छन् । आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता भएको भनेर रावलले गरेको दाबीलाई पुष्टि गर्न चेतावनी दिँदै नक्कली पिएचडीको संज्ञा दिए ।

‘यी कण भीम रावलले पिएचडी गरेको गरेको भनेर नाउँको अगाडि डा पनि झुन्ड्याउँछन्, विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत, मिति र स्थान खुलाउनुपर्छ’, डा भट्टराईले लेखेका छन्। उनले दाबी गरेजस्तो बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैन? कि यी नक्कली पिएचडी हुन् ?’

 

प्रतिकृया दिनुहोस्