काठमाडौं
रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा तीनको मृत्यु भएको छ । रोल्पाको सुलिचौरबाट गजुलतर्फ जादै गरेको लु १ ज ३२३४ नम्बरको यात्रु बहाक जीप दुर्घटना हुदा तीनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख बिनोद घिमिरेले बताए ।
मृत्यु हुनेमा घोराही उपमहानगर पालिका घोराहीका ५८ वर्षीय बिष्णु प्रसाद रिजाल, ६० वर्षीय नारायण प्रसाद रिजाल र अन्दाजी ४० वर्षीया फ्रान्सी केसी रहेको प्रहरीले बताएको छ ।
जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरुको थप उपचारका लागि केहीलाई जिल्ला बाहिर रेफर गरिएको छ । केही सामान्य घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको समेत प्रहरी प्रमुख घिमिरेले बताए ।
गाडी रोकेर सामान राख्ने क्रममा गाडी ब्याक हुदा दुर्घटना भएको बताइएको छ । गाडी सडकबाट करिब ५० मिटर तल खसेको र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।