कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा किराना पसल खोल्न नपाइने भएको छ । मंगलबार उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसार भट्टराईका अनुसार तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ । तर किराना पसल, डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय गरिएको उनले बताए ।
त्यस्तै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप लम्ब्याइने भएको छ। यससँगै अब जेठ २० गतेसम्म निषेधाज्ञा हुने भएको छ ।