×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एटिएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंककाे आग्रह

एटिएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंककाे आग्रह

काठमाडौं- नेपाल राष्ट्र बैंकले एटिएम प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । एटिएम ह्याक गरेर रकम चोरी भएकाे घटना यसअघि बाहिरिएपछि बैंकले एटिएमको सुरक्षित प्रयोगका लागि चार उपायसमेत सुझाएको छ ।

एटिएम प्रयोगकर्ताले आफ्नो पिनकोड गोप्य राख्ने, अपरिचित मान्छेबाट टाढै बस्ने, एटिएम प्रयोग गर्दा खाताबाट काट्यो, तर पैसा आएन भने सम्बन्धित बैंकमा सम्पर्क गर्ने र आवश्यक परे बैंकका कर्मचारीबाट सम्पर्क गरी सहयोग लिँदा एटिएमको सुरक्षित प्रयोग हुने बैंकले जनाएको छ । 

बैंकले अपरिचित वा अन्य जो कोही व्यक्तिलाई एटिएम कार्ड र पिन नम्बर सेयर नगर्न पनि आदेश दिएको छ । एटिएमबाट रकम निकाल्दा कतै क्यामेरा भएको वा नभएको तथा पिन कोड थिच्ने बेलामा कसैले देखे–नदेखेको निश्चित गर्नुपर्नेमा बैंकले जोड दिएको छ ।

प्रतिकृया दिनुहोस्