धनगढी- सुदूरपश्चिम प्रदेशमा शुक्रबार मतदानका क्रममा तीन जनाको मृत्यु भएको छ । बैतडी दुई र दार्चुलामा दुई गरी तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाटको मतदान गरेर बाहिर निस्केपछि बेहोस भएर ढलेका थिए । त्यसपछि उनको मृत्यु भएको छ ।
भाट शुक्रबार बिहान सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर पुग्ने बेला बेहोस भएका थिए । बेहोस भएका उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै बैतडीकै पाटन नगरपालिका वडा नम्बर ६ पाटनमा भोट हाल्न पुर्याइएका टुडेगैरका ७० वर्षीय कमलसिंह विष्टको मतदानस्थलमा पर्याएपछि मृत्यु भएको छ । उनलाई स्टेचरमा बोकेर कृष्ण मध्यमिक विद्यालय मतदान केन्द्रमा पुर्याइएको थियो ।
मतदानस्थलमा पुर्याइएपछि उनी त्यहीँ बेहोस भएका उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
यसैगरी दार्चुलाको महाकाली नगरपालिका–४ मा मतदान गरेर फर्किएका ७८ वर्षीय पदमसिंह बुढाथोकीको महेन्द्र नमुना मावि मतदान केन्द्रमा मतदान गरेर घर फर्किरहेका बेला मृत्यु भएको छ ।
मतदान गरी फर्कने बेला एक्कासी बेहोस भएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।