काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन्।
त्यस्तै, दोस्रोमा एमालेका केशव स्थापित र तेस्रोमा कांग्रेसकी सिर्जना सिंह छन् ।
पछिल्लो अपडेटः ७८३६० मतगणना
बालेन शाह – २९७६०
केशव स्थापित – १६०२५
सिर्जना सिंह – १५११०
काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये ८ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर १, २, ३, ४, ५, २८, ३०, र ३२ वडाको मतगणना सकिदाँ मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता फराकिलो पारेका छन्।
हाल वडा नम्बर ६, ७, ८, ९, २५, २६, २७, २९ र ३१ मा मतगणना भइरहेको छ।
अन्यमा अग्रता लिइरहँदा बालेल वडा नम्बर २५ र २७ मा दोब्बर मतले पछि परेका छन्। यी दुई वडामा स्थापित पहिलो, सिंह दोस्रो र बालेन तेस्रो स्थानमा छन्।
वडा नम्बर २७ मा १६९२ मतगणना हुँदा स्थापितले ५३५, सिंहले ३३५ र बालेनले २८३ मत मात्रै पाएका छन्।
वडा नम्बर २५ मा ५०० मतगणना हुँदा स्थापितले १२९, बालेन ७० र सिंहले ६९ मत पाएका छन्।
यी दुई वडामा एमालेको बढी प्रभाव भएको बताइन्छ।