×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अटाेमाेवाइल्स

अटोमोबाइल व्यवसायी र मजदुरलाई खोप उपलब्ध गराउन स्वास्थ्य राज्यमन्त्रीसँग नाडाको माग

अटोमोबाइल व्यवसायी र मजदुरलाई खोप उपलब्ध गराउन स्वास्थ्य राज्यमन्त्रीसँग नाडाको माग

काठमाडौं - नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वको नाडा प्रतिनिधि मण्डलले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग छलफल गरेको छ ।
सरकारका तर्फबाट नेपालको अटोमोबाइल क्षेत्रमा संलग्न व्यवसायीहरु, कर्मचारीहरु, टेक्निसियनहरु र देशैभर छरिएर रहेका श्रमिकहरुको लागि खोप उपलब्ध गराउने विषयमा छलफल गरेकोे नाडाले जनाएको छ । 

छलफलमा राज्यमन्त्री श्रेष्ठले खोप उपलब्ध गराउन सक्दो प्रयास गर्ने आश्वासन दिएको नाडाले जनाएको छ । 

सो क्रममा नाडाका उपाध्यक्ष चौधरीले कोभिड १९ को कारण नेपालको समग्र अटोमोबाइल व्यवसाय नै समस्यामा परेको र यसको प्रत्यक्ष प्रभाव सरकारले अटोमोबाइल क्षेत्रबाट प्राप्त गर्ने राजश्वमा समेत परेको बताए । उनले कोरोना महामारीका कारण भएको लकडाउन हाल केही खुकुलो भए पनि नेपालको अटोमोबाइल क्षेत्रका व्यवसायीहरु, कर्मचारीहरु, टेक्निसियनहरु र श्रमिकहरु खोप नपाउँदा समस्यामा परेको बताए । 

प्रतिकृया दिनुहोस्