×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रातारात उठाएर कहाँ लगियो काठमाडौँको ‘कोर एरिया’को फोहोर?

रातारात उठाएर कहाँ लगियो काठमाडौँको ‘कोर एरिया’को फोहोर?

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आजदेखि फोहोर उठाउन थालेको छ । महानगरले काठमाडौँको मुख्य शहर क्षेत्र ‘कोर एरिया’को फोहोर उठाउन शुरु गरेको हो । 

काठमाडौँभित्र थुप्रिएको फोहोरलाई लिएर बिहीबार बसेको महानगरको नगर कार्यपालिका बैठकमा तीव्र वादविवाद भएको थियो । बैठकमा एमाले–कांग्रेसका वडाध्यक्षहरू मेयर बालेन्द्र साहविरुद्ध आक्रमकरुपमा प्रस्तुत भएका थिए । जवाफमा मेयर साहले मुख्य शहर क्षेत्रको फोहोर राति नै उठाइने बताएका थिए ।

कोर एरियामा पर्ने १२ वटा वडाको फोहोर गएराति उठाएर टेकुस्थित प्लान्टमा लगिएको छ । आजदेखि गाईजात्रा पर्व भएकाले पनि ती क्षेत्रको फोहोर राति नै उठाइएको हो । ‘कोर एरियाको विशेषतः गाईजात्रा निकालिने क्षेत्रको फोहोर राति नै उठाएर टेकु लगिएको छ,’ प्रवक्ता मानन्धरले भने, ‘बन्चरेडाँडामा भएको अवरोध र सडक मर्मतका लागि पनि प्रयास भइरहेको छ ।’

ल्यान्डफिल साइट बञ्चरेडाँडामा फोहोर आजैबाट लान सकिने मेयर शाहले बताएका छन् । बिहीबारको कार्यपालिका बैठकमा बोल्दै उनले आजबाट बञ्चरेडाँडामा फोहोर लानेगरी तयारी भएको जानकारी गराएका थिए । केही हप्तादेखि उठ्न नसकेको काठमाडौँभित्रको फोहोरले सडक र पेटी दुर्गन्धित भएका छन् ।

प्रतिकृया दिनुहोस्