×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै एट्लेटिको क्वाटरफाइनलमा

म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै एट्लेटिको क्वाटरफाइनलमा

काठमाडौँ- युरोपियन च्याम्पियन्स लिग फुटबलमा इङ्लिस क्लब म्यानचेस्टर युनाईटेडको यात्रा अन्तिम १६ मानै सीमित भएको छ । मंगलबार भएको खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँग पराजित भएपछि युनाईटेड प्रि क्वाटरफाइनलबाटै बाहिरियो । 

पहिलो लेगमा १-१ गोलको बराबरी खेलेको युनाईटेड प्रि-क्वाटर फाइनलको दोस्रो लेगमा एट्लेटिकोलेसँग घरेलु मैदानमानै १-० ले पराजित हुँदै समग्रमा २-१ ले पराजित भएर प्रतियोगिताबाट बाहिरियो ।

मंगलबार राति युनाइटेडको घरेलु मैदान वल्ड ट्राफोर्डमा युनाइटेडविरुद्ध पहिलो हाफमा लिएको १-० को अग्रतानै एट्लेटिकोलाई क्वाटरफाइनल पुग्न पर्‍याप्त रह्यो । पहिलो लेगमा स्पेनमा युनाईटेडले १-१ गोलको बराबरी खेलेपनि दोस्रो लेगमा भने आफ्नै मैदानमा युनाईटेड पराजित हुन बाध्य भयो ।

खेलमा अग्रता बनाउने क्रममा ४१ औँ मिनेटमा ब्राजिलियन डिफेन्डर रेना लोडी (लोडी डस सान्तोष) ले हेडरमार्फत गोल गरेका थिए । उनले एन्टोइन ग्रिजमनको क्रसलाई आकर्षक गोल गरेका थिए। घरेलु मैदानमा युनाइटेडले बल पोसेसनमा अधिकांश समय पकड जमाएपनि गोल गर्न भने असफल भयो ।

प्रतिकृया दिनुहोस्