×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

न्यौपानेले लिए उम्मेदवारी फिर्ता, शेखरलाई गरे समर्थन

न्यौपानेले  लिए उम्मेदवारी फिर्ता, शेखरलाई  गरे समर्थन

काठमाडौं - कांग्रेस सभापतिमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । न्यौपाने गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।

पार्टी नेतृत्वमा युवाको सहभागिता हुनुपर्छ भन्दै शनिबार सभापतिमा मनोनयन दर्ता गराएका थिए । न्यौपानेले सभापतिका अर्का उम्मेदवार डाक्टर शेखर कोइरालालाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएको बताएका छन् । आफूले उठाएका मुद्दा शेखरको प्यानलसँग मिलेकोले उनलाई समर्थन गरेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्