×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

उपेन्द्र यादवको पक्षमा ३४ सदस्यको हस्ताक्षर

उपेन्द्र यादवको पक्षमा ३४ सदस्यको हस्ताक्षर

सत्ता समीकरणका दौरानमा दुई समूहमा विभाजन भएको जनता समाजवादी पार्टी (जसपा), नेपालले सोमबार (आज) निर्वाचन आयोगबाट आधिकारिकता पाउँदैछ । जसमा गत साउन ७ गते निर्वाचन आयोगले कार्यकारिणी सदस्यहरुको सनाखतबाट विवाद टुङ्ग्याउने निर्णय गरेको थियो ।

जसअनुसार अहिले आयोगमा सदस्यहरुले हस्ताक्षर गरिरहेका छन् । जसमा उपेन्द्र यादव पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् । रेनुकुमारी यादवकाअनुसार यादव पक्षमा ३४ सदस्यहरुले हस्ताक्षर गरेका छन् । ‘हाम्रो पक्षमा ३४ सदस्यहरुले हस्ताक्षर गरिसकेका छन्,’ यादवले भनिन्— ‘अझै बढ्दैछन् । बढाउन सकिन्छ ।’

यस्तै यादवले यसपछि आफूहरुले सजिलै आधिकारिकता पाउने दाबी गरिन् । भनिन्— ‘सनाखतबाट विवाद टुङ्ग्याउने भनेकै बहुमत हेर्ने हो । हाम्रो पक्षमा बहुमत जुरिसकेको छ । यसपछि सिधै हामीले पार्टीको आधिकारिकता पाउँदैछौँ ।’ यादवकाअनुसार मनिष सुमन, राजकिशोर यादवलगायतका सदस्यहरुले पनि उपेन्द्र पक्षमै हस्ताक्षर गरेका छन् ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ । जसपा ०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सत्ता साझेदारी गर्दा जसपा दुई समूहमा विभाजन भएको थियो । ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो भने यादव पक्ष प्रतिपक्षमा उभिएको थियो । दुवै पक्षले पार्टी आधिकारिकताका लागि दाबी गर्दै आयोगमा गएका थिए । पछिल्लो पटक शेरबहादुर देउवा प्रधानमन्त्री बनेर विश्वासको मत लिँदा दुवै पक्षले पक्षमा मतदान गरेका थिए ।

पछिल्लो समय खासगरी गठबन्धनको सरकार बनेपछि ठाकुर पक्षका कतिपय नेताहरु यादवको कित्तामा उभिएका छन् । सरकारमा जाने पक्का भइसकेको यादवको पक्षमा बढी कार्यकारिणी सदस्यहरु उभिएका छन् ।

यसैबीच आयोगको निर्णयअघि अध्यक्ष ठाकुर पक्षले आधिकारिकता र पार्टी विभाजन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो । रिटमाथि आइतबार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै साउन १५ गते दुवै पक्षलाई छलफलका लागि बलाउने आदेश दिएको थियो छ ।

प्रतिकृया दिनुहोस्