×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

आईपिएल क्रिकेट : दिल्लीद्वारा कोलकत्ता चार विकेटले पराजित

आईपिएल क्रिकेट : दिल्लीद्वारा कोलकत्ता चार विकेटले पराजित

एजेन्सी - इन्डियन प्रिमियर लिग(आईपीएल) २०२२ अन्तर्गत  गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई चार विकेटले हराएको छ ।

मुम्बईमा कोलकाताले दिएको एक सय ४७ रनको लक्ष्य दिल्लीले एक ओभर बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो । दिल्लीका लागि डेभिड वार्नरले ४२ र रोवमन पावेलले नटआउट ३३ रन बनाए । बलिङतर्फ कोलकाताका उमेश यादवले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले नितिश रानाको ५७ रनकाे मद्दतमा एक सय ४६ रन बनाएको थियो । उसलाई मध्यम स्कोरमा समेट्न दिल्लीका कुलदीप यादवले चार र मुस्ताफिजुर रहमानले तीन विकेट लिए।

जितसँगै दिल्ली आठ खेलमा आठ अङ्कसहित छैटाैँ स्थानमा पुगेको छ । आठ खेलमा ६ अङ्क रहेको कोलकाता आठौँ स्थानमा छ । 

प्रतिकृया दिनुहोस्