×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मानसिक रूपमा कमजोर बनेपछि सन्दीपलाई वरिष्ठ मनोविद्को परामर्श सुरु

मानसिक रूपमा कमजोर बनेपछि सन्दीपलाई वरिष्ठ मनोविद्को परामर्श सुरु

काठमाडौँ- नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने मानसिक रूपमा कमजोर बनेपछि सोमबारदेखि वरिष्ठ मनोविद्को परामर्श सुरु गरिएको छ। बलात्कार आरोपमा जेलमा रहेका सन्दीप पछिल्लो समय मानसिक रूपमा निकै शिथिल र कमजोर देखिएपछि उनलाई जेलरसँगको सल्लाहमा नै आवश्यक मानसिक परामर्श सुरु गरिएको हो।

सन्दीपलाई वरिष्ठ मनोविद् शुष्मा रेग्मीले सुनधारास्थित केन्द्रिय कारागारमा नै गएर आवश्यक परामर्श दिएकी थिइन्। सुनधारास्थित केन्द्रीय कारागारमा अन्य कैदी बन्दीसँगै सन्दीप पनि रहेका छन्।

सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने, ‘मानसिक रूपमा अलि डिप्रेसन देखिएकाले उनलाई सोमबारबाट मानसिक परामर्शमा राखेका हौँ।’ रेग्मीले पनि उनको अवस्था सामान्य नपाएको बताएको घिमिरेले जानकारी दिए। उनलाई आवश्यक परामर्श समय मिलाएर २,३ दिनमा दिइने जानकारी घिमिरेले दिए।

सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने ‘अन्य जघन्य अपराधमा संलग्न कैदी बन्दीहरूसँगै सन्दीप पनि रहेको छ। उनीहरूको सङ्गत र अनावश्यक कुराहरूले सन्दीप मानसिक रूपमा नै थकित देखिएको छ। त्यसैले उसलाई मानसिक रूपमा कमजोर हुन नदिन प्रयास गर्न लागेका हौँ।’

प्रतिकृया दिनुहोस्