काठमाडौँ- भारतीय चलचित्र निर्माता तथा कलाकार विजय गलानी निधन भएको छ । गलानीको बुधबार निधन भएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
गलानीको निधनमा बलिउडकर्मी र फ्यानहरूले शोक व्यक्त गरेका छन् । उनले सलमान खान, अक्षय कुमार, बबी देवल लगायतका कलाकारसँग एक साथ काम गरेका छन् । उनले चलचित्र ‘वीर’ र ‘द पावर’ निर्माण समेत गरेका थिए ।