×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सेलिब्रेटी टक

डेंगुबाट निको हुँदै सुपरस्टार भाइजान सलमान, क्याटरिनासँगै बिग बोसमा फर्कने

डेंगुबाट निको हुँदै सुपरस्टार भाइजान सलमान, क्याटरिनासँगै बिग बोसमा फर्कने

काठमाडौं- बिग बोसको नयाँ सिजन सुरु हुनु र अभिनेता तथा प्रस्तोता सलमान खानलाई डेंगु संक्रमण हुनु करिब एकसाथ भयो । डेंगुले सुताएका सलमान अब भने  क्रमस तंग्रिदैछन् । पूर्ण रुपले ठीक भइसकेपछि पुनः उनी बिग बोसको छायांकनमा व्यस्त हुनेछन् ।

डेंगुकै कारण उनले ‘विकेन्ड का वार’ एपिसोड छायांकन गर्न पाएका थिएनन् । अतः सलमानको अनुपस्थितीमा कार्यक्रमलाई अगाडि बढाएका थिए फिल्ममेकर करण जौहरले ।

डेंगुले उनलाई पूर्ण रुपमा छाडेको छैन । यसैबीच उनी आफ्ना ज्वाई आयुश शर्माको जन्मदिन मनाउन पुगेका थिए । सलमानले आउँदो बिहिबार विकेन्ड का वार छायांकन गर्नेछन् । यसमा सलमानसँग पाहुनाको रुपमा क्याटरिना कैफ रहनेछन् । खासगरी क्याटरिना बिग बोसको यो सिजनमा आफ्नो फिल्म ‘फोन भूत’को प्रचार प्रसार गर्नका लागि उपस्थित हुन लागेकी हुन् । जगजाहेर छ, क्याटरिना सलमानकी पूर्व प्रेमिका हुन् । केही बर्षअघि क्याटरिनाले अभिनेता विक्की कौशलसँग विवाह गरेकी हुन् ।

प्रतिकृया दिनुहोस्