×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राजनीतिक दल वा उम्मेदवारले मत सर्वेक्षण गरे कारबाही गर्ने आयोगको चेतावनी

राजनीतिक दल वा उम्मेदवारले मत सर्वेक्षण गरे कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौं- निर्वाचन आयोगले आगामी संसदीय निर्वचनका लागि मत सर्वेक्षण गर्न रोक लगाएको छ । आयोगले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट उम्मेदवार तथा राजनीतिक दलबारे मत सर्वेक्ष नगर्न निर्देशन दिएको छ । 

आयोगले उम्मेदवार तथा पार्टी केन्द्रित भएर उनीहरुले पाउने मतबारे सर्वेक्षण नगर्न आग्रह गरेको हो । आयोगले मत सर्वेक्षण गरेमा एक लाख रुपैयाँसम्म कारबाही हुने बुधबार चेतावनी दिएको छ । 

निर्वाचन आचारसंहिताले उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उमेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने व्यवस्था गरेको छ ।

प्रतिकृया दिनुहोस्