×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कोशी प्रदेश सरकार गठनका लागि आह्वान

कोशी प्रदेश सरकार गठनका लागि आह्वान

विराटनगर - प्रदेश प्रमुखको कार्यालयले कोशी प्रदेश सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेको छ । प्रदेश प्रमुख परशुराम खापुङले आज (शुक्रबार) सूचना प्रकाशन गरी साउन १६ गते अपराह्न ५ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थन हुने गरी दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।

सर्वोच्च अदालतले बिहीबार कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठन सन्दर्भमा सर्वोच्च अदालतको आदेश बमोजिम प्रदेश प्रमुखको कार्यालयले सरकार गठनका लागि औपचारिक आह्वान गरेको सूचनामा उल्लेख छ ।

सूचनामा सर्वोच्चको पूर्ण इजलासबाट भएको आदेश बमोजिम जुन बिन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो सोही अवस्थाबाट संविधानसम्मत तवरले प्रक्रिया अगाडि बढाउन मनासिव हुने देखिएको साउन १६ गते मङ्गलबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेश गर्न आह्वान गरिएको हो ।

 

प्रतिकृया दिनुहोस्