×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

सरकारले बढी गल्ती गर्न थाल्यो, संविधान-कानुनको उल्लंघन भयो : पूर्वन्यायाधीश वस्ती

सरकारले बढी गल्ती गर्न थाल्यो, संविधान-कानुनको उल्लंघन भयो : पूर्वन्यायाधीश वस्ती

सर्वाेच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीले सरकारबाट संविधान, कानुनको बढी उल्लंघन भएको बताएका छन्। सरकारले गरेको विवादास्पद निर्णयमा सर्वाेच्च अदालतले धमाधम अन्तरिम आदेश दिन थालेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

सर्वाेच्च अदालतले हालै मात्र नागरिक अध्यादेश, ढुंगा, गिटी निकासी निर्णय,राजदूत नियुक्ति निर्देशिका र राष्ट्रिय निकुञ्जमा ठूला जलविद्युत आयोजना बनाउनेगरी भएको कार्यनीति संशोधन निर्णयमा अन्तरिम आदेश जारी गरेको छ।

काम चलाउ अवस्थामा रहेको सरकारले धमाधम दीर्घकालीन निर्णय गर्न थालेपछि सर्वाेच्चमा रिट लिएर जानेहरु पनि बढेका छन्। तर, सर्वाेच्चको अग्रसरतालाई सत्तासीन दलका कतिपय नेताहरुले भने कार्यपालिकामाथि हस्तक्षेप भन्न भ्याएका छन्।

पूर्वन्यायाधीश वस्तीलेभने न्यायालयबाट जुन आदेश भइरहेका छन् ती स्वाभाविक रहेको र अन्यथा भन्न नमिल्ने बताए।

‘ठीक पनि होइन, बेठीक पनि भन्न मिल्दैन । किनभने यो अदालतको नियमित प्रक्रिया हो । सरकारले कुनै निर्णय गर्छ, कसैलाई चित्त बुझ्दैन, रिट दायर गर्छ । त्यसमाथि केही न केही त सर्वोच्चले बोल्नैपर्‍यो । यसको अर्को अर्थचाहिँ के भयो भने सरकारबाट धेरै गल्ती भइरहेका छन् ,’ उनले भनेका छन्, ‘संविधान, कानुनको बढी उल्लंघन भयो भन्ने पनि हो । साथै संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबाहेकका अन्य मुद्दामा हेर्दा अदालतले कुनै मुद्दा लम्ब्याउने, पन्छाउने, पेसीमा नचढाउने, ढिला गर्नेजस्ता प्रवृत्ति घटेको देखिन्छ । रिटहरू उचित र नियमित प्रक्रियामा गइरहेका छन् । यसलाई सकारात्मक रूपमा लिनुपर्छ।'

तस्बिर स्राेत : नेपालम्यागडटकम

प्रतिकृया दिनुहोस्