काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक अधिकार प्रयोग गरेर नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाएको बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने, ‘प्रथम दृष्टिमा मलाई के लाग्छ भने राष्ट्रपतिले फिर्ता पठाउन पाउने संविधानमा व्यवस्था गरेकै हो । सोही व्यवस्थाको आधारमा फर्काउनै हुँदैनथ्यो भन्ने मलाई लाग्दैन ।’
सोही विधेयक जस्ताको तस्तै राष्ट्रपति कार्यालयमा पठाउने अधिकार संसदलाई भएको भन्दै अहिले टिप्पणी गर्नुपर्ने आधार नभएको उनले बताए । ‘त्यो फर्काएको कुरालाई स्वीकार गर्ने र जस्ताको तस्तै राष्ट्रपतिकहाँ पुर्याउने अधिकार हामीसँग संसदमा छ। अहिले त्यसमा टिप्पणी वा आलोचना गर्नैपर्छ भन्ने कुरा छैन्’, थापाको भनाइ छ ।
विधेयकका बारेमा राष्ट्रपतिले पठाएको सूचना र टिप्पणीलाई राखेर अब आफूहरुले पार्टीभित्र र गठबन्धन दलहरुबीचमा पनि छलफल गर्ने उलने बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले १५ दिन शीतल निवासमा रोकेर राखेको नागरिकता विधेयक आइतवार (२९ साउन) मा संसदमै फिर्ता गरिदिएकी छन्