×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत, को कहाँ ?

आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत, को कहाँ ?

काठमाडौं- आसन्न आमनिर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत कर्मचारीलाई निर्वाचन अधिकृतको पदमा नियुक्त गरेको हो ।

आयोगले यही असोज ११ गतेदेखि लागू हुनेगरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको जनाएको छ । ‘संवत् २०७९ मंसिर ०४ गते आइतबारका दिन हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ बमोजिम देहायका माननीय जिल्ला न्यायाधीश तथा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत कर्मचारीलाई मिति २०७९/०६/११ गतेदेखि लागू हुनेगरी देहाय बमोजिम मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको छ’, सूचनामा उल्लेख गरिएको छ ।


आयोगका अनुसार प्रतिनिधिसभातर्फ १६५ र प्रदेश सभातर्फ ३३० क्षेत्रका लागि निर्वाचन अधिकृत तोकिएको छ ।  

को कहाँ नियुक्त? हेर्नुस् सूची :

 

प्रतिकृया दिनुहोस्