×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बैंक/वित्त

वित्तिय संस्था गाभिने क्रम बढ्याे,अहिलेसम्म कुन काे सगँ गाभिए ?

वित्तिय संस्था गाभिने क्रम बढ्याे,अहिलेसम्म कुन काे सगँ गाभिए ?

काठमाडौं । देशमा वाणिज्य बैंकहरुको संख्या बढी भएको भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन निर्देशन दिएपछि थुप्रै संस्थाहरू एक आपसमा गाभ्ने÷गाभिने र प्राप्ति प्रक्रियामा गएका छन् । जसका कारण धेरै बैंक वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने र प्राप्ति भएका छन् । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७८ साउन मसान्तसम्म कुल २२९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १७१ संस्थाहरुको एक अर्कामा गाभ्ने÷गाभिने र प्राप्ति भएर इजाजत खारेज हुन गई ५८ संस्था कायम भएका छन् ।

यहाँ हामीले राष्ट्र बैंकको निर्देशनपछि हालसम्म कति बैंक वित्तीय संस्थाहरु कुन वित्तीय संस्थासँग कुन गाभ्ने÷गाभिने र प्राप्ति भए भन्ने बारे उल्लेख गरेका छौं । राष्ट्र बैंकको निर्देशनपछि कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्शियल बैंकले अल्पाइन डेभलपमेन्ट बैंक, सेती फाइनान्स लिमिटेड, सगरमाथा फाइनान्स लिमिटेड, इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरणीको डेभलपमेन्ट बैंकलाई विभिन्न मितिमा प्राप्ति गरेर एकिकृत कारोबार समेत गरिसकेका छन् । सेञ्चुरी कमर्शियल बैंकले यी सबै वित्तीय संस्थालाई सन् २०१७ को विभिन्न मितिमा प्राप्ति गरेको छ । 

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले सन् २०१८ को मे २ मा एनआईडीसी डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको छ भने मेगा बैंकले सन् २०१६ अप्रिल २५ मा पश्चिमाञ्चल डेभलपमेन्ट बैंकसँग मर्जर गरेको छ । साथै मेगा बैंकले गण्डकी विकास बैंकलाई सन् २०२० जुलाई ५ मा र टुरिजम डेभलपमेन्ट बैंकलाई सन् २०१८ मे १३ मा प्राप्ति गरेको थियो । 

यस्तै, ग्लोबल आईएमई बैंकले छ वटा वित्तीय संस्थालाई विभिन्न मितिमा मर्ज गरेको छ । बैंकले सन् २०१२ देखि २०१४ सम्म आईएमई फाइनान्सिल इन्स्टिच्युसन, लर्ड बुद्ध फाइनान्स, कमर्श एण्ड ट्रस्ट बैंक, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंकसँग मर्जरमा गएको छ । त्यस्तै, ग्लोबल आईएमई बैंकले सन् २०१९ को डिसेम्बर २० मा जनता बैंकसँग मर्जरमा गएको छ भने सन् २०१९ मै हाथवे फाइनान्स, २०१७ को विभिन्न मितिमा रिलायबल डेभलपमेन्ट बैंक र प्यासिफिक डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको हो ।

त्यसैगरि, प्राइम कमर्शियल बैंकले सन् २०१७ देखि २०२० को विभिन्न मितिमा कैलाश विकास बैंक, कनकाई विकास बैंक, विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको थियो । त्यस्तै, एनएमबी बैंकले सन् २०१५ देखि २०२० को विभिन्न मितिमा कञ्चन डेभलपमेन्ट बैंक, ओम डेभलपमेन्ट बैंक पाथिभरा विकास बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक, भृकुटी डेभलपमेन्ट बैंक र प्रडुन्सियल फाइनान्स कम्पनीसँग मर्ज तथा प्राप्ती गरेको छ । यता सानिमा बैंकले सन् २०१७ मा बागमती डेभलपमेन्ट बैंकलाई मात्र प्राप्ती गरेको छ ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था मर्जको निर्देशनपछि सिटिजन बैंकले पनि छ वटा वित्तीय संस्थालाई प्राप्ति गरेको छ । बैंकले सन् २०१५ देखि २०२१ को विभिन्न मितिमा सिर्जना फाइनान्स, तिनाउँ मिसन डेभलपमेन्ट बैंक, सहयोगी विकास बैंक, प्रिमियर फाइनान्स, नेपाल हाउजिङ एण्ड मचेन्ट फाइनान्स र पिपुल्स फाइनान्सलाई प्राप्ती गरेको छ । साथै, कुमारी बैंकले पनि सन् २०१७ देखि २०२० सम्मको अवधिमा देव विकास बैंक, काष्टमाण्डप डेभलपमेन्ट बैंक, महाकालि विकास बैंक, पश्चिमाञ्चल फाइनान्स कम्पनी र काँक्रेविहार विकास बैंकलाई विभिन्न मितिमा प्राप्ती गरेको छ ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले सन् २०१७ मा एस डेभलपमेन्ट बैंक, २०१९ मा जेबिल्स फाइनान्स र २०२१ को जनवरीमा सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ती गरेको छ भने एनआईसी एसिया बैंकले २०१३ मा बैंक अफ एसियालाई प्राप्ति गरेको छ । यस्तै, सिद्धार्थ बैंकले २०१६ मा विजनेश युनिभर्सल डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको छ भने बैंक अफ काठमाण्डूले २०१६ मा लुम्बिनी बैंकसँग मर्जरमा गएको हो ।

त्यसैगरि, सनराइज बैंकले सन २०१७ मा एनआईडीसी क्यापिटल मार्केट र सन् २०१६ मा नारायणी नेशनल फाइनान्सलाई प्राप्ति गरेको छ भने प्रभु बैंकले सन् २०१३ देखि २०१७ को विभिन्न मितिमा ग्राण्ड बैंक, किस्ट बैंक, गौरिशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्सलाई प्राप्ती र नेपाल विकास बैंक गाभ्ने÷गाभिने र प्राप्ति गरेको हो । यता माछापुच्छ«े बैंकले सन् २०१२ मा स्ट्याण्डर्ड फाइनान्ससँग मर्ज गरेको छ । 

यसैगरि, एनसीसी बैंकले विभिन्न मितिमा इन्फाइन्ट्रक्चर डेभलपमेन्ट बैंक,एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंकसँज मर्ज गरेको छ भने सिभिल बैंकले सन् २०१६ देखि १०१७ को बिचमा युनिक फाइनान्स, हमा मर्चेन्ट एण्ड फाइनान्स, इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स र सिभिल मर्चेन्ट वित्तीय संस्थालाई प्राप्ति गरेको छ । त्यस्तै, लक्ष्मी बैंकले सन् २०१७ मा प्रोफेसनल दियालो विकास बैंकलाई प्राप्ति गरेको छ भने नबिल बैंकले सन् २०२१ को जुलाई महिनामा युनाइटेड फाइनान्सलाई प्राप्ति गरेको छ । - साभार आर्थिकन्यूज.कम 
आर्थिकन्यूज

प्रतिकृया दिनुहोस्