×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमसीसी : सहमति खाेज्दै बालुवाटार पुगे शीर्ष नेताहरू

एमसीसी : सहमति खाेज्दै बालुवाटार पुगे शीर्ष नेताहरू

काठमाडाैँ- सत्तारुढ गठबन्धनकाे बैठक बस्दै छ । बैठक आइतबार बिहान १० बजेपछि प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा बस्नेगरी बाेलाइएकाे छ । बैठकमा चर्चामा रहेकाे एमसीसीलगायतका विषयमा छलफल हुने छ । 

आज दिउँसाे १ बजे बस्ने प्रतिनिधि सभामा एमसीसीबारे छलफल प्रारम्भ हुँदैछ । त्यसपूर्व गठबन्धनकाे बैठक बस्न लागेकाे हाे । शीर्ष नेताहरूले गठबन्धन जाेगाउनेगरी एमसीसीलाई टुङ्ग्याउने दाबी गरिरहेका छन् ।

प्रधान मन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा विपक्षी दल एमालेसँग नजिकिन थालेपछि माओवादी केन्द्र र एकीकृत समाजवादी पनि एमसीसी पारित गर्नेमा पुगेका कांग्रेस नेताहरूले दाबी गरिरहेका छन् । 

बैठकमा सहभागी हुन नेताहरू बालुवाटार पुगिसकेका छन् ।

 

प्रतिकृया दिनुहोस्