काठमाडौं- यो साता सेयर कारोबार ४ दिनमात्र भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार यो साता सेयर बजारमा नेप्से सूचक २०.०३ अंकले घटेर १८६९.७३ बिन्दुमा रोकिएको छ । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापन गर्ने नेप्से सूचक १९.०९ अंकले घटेर १८७०.६६ बिन्दुमा रोकिएको थियो । यस दिन २७१ कम्पनीको ३२ लाख ६ हजार ४ सय ५० कित्ता सेयर ९५ करोड ४३ लाख २२ हजार ३ सय ३७ रुपैयाँमा किनबेच भएको थियो । कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेका थिए । बजार दोहोरो अंकले घट्दा पनि शिवम् सिमेन्टको सबैभन्दा धेरै सेयर कारोबार भएको थियो ।
सोमबार अन्तर्राष्ट्रिय श्रमिक दिवस भएर सेयर बजार बन्द रह्यो । मंगलबार खुलेको बजारको ओरोलो यात्रा कायमै रह्यो । मंलगबार पनि सेयर बजार ४.२६ अंकले घटेर १८६६.४० बिन्दुमा पुग्यो । यस दिन २७१ कम्पनीको २३ लाख ३६ हजार ६ सय २५ कित्ता सेयर ६९ करोड २२ लाख ७१ हजार ७ सय ५५ रुपैयाँको कारोबार भयो ।
यस्तै, बुधबार पनि सेयर बजार घट्ने क्रम रोकिन सकेन । यसदिन सेयर बजार ९.४२ अंकले घटेर १८५७ बिन्दुमा झर्यो । यस दिन २६५ कम्पनीको २१ लाख ५५ हजार ५ सय ८६ कित्ता सेयर ६२ करोड २ लाख ६६ हजार १६ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचक रातम्मे बनेका छन् ।
साताको सुरुबाट नै ओरालो लागेको सेयर बजार अन्तिम कारोबारको दिनमा भने दोहोरो अंकले वृद्धि भएको हो ।
दिनहुँ गिरावट आएको बजारमा साताको कारोबार हुने अन्तिम दिन बिहीबार भने सेयर बजारमा सुधार आएको छ । बिहीबार नेप्से सूचक १२.७३ अंकले बढेर परिसूचक १८६९.७२ बिन्दु कायम भएको छ । दोहोरो अंकले वृद्धि भएको बजारमा २७६ कम्पनीको २५ लाख ३३ हजार ७ सय १४ कित्ता सेयर ७३ करोड २६ लाख ८९ हजार ८ सय ११ रुपैयाँको कारोबार भएको थियो । यस दिन सबै समूहको उपसूचकमा हरियाली छाएको थियो । साताको सुरुबाट नै ओरालो लागेको सेयर बजार अन्तिम कारोबारको दिनमा भने दोहोरो अंकले वृद्धि भएको हो । शेयर बजार