×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सप्तरी : बलात्कारकाे मुद्दा लगाएर जेल पठाइदिने धम्की दिएर ठगेकाे आराेपमा २ जना पक्राउ

सप्तरी : बलात्कारकाे मुद्दा लगाएर जेल पठाइदिने धम्की दिएर ठगेकाे आराेपमा २ जना पक्राउ

सप्तरी – सप्तरीमा बलात्कारको मुद्दा लगाएर जेल पठाइदिने धम्की दिएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । खडक नगरपालिका वडा ९ लालपट्टीका ३२ वर्षीय रहमान मियाँ र रुबिना खातुनलाई प्रहरीले आज आइतवार पक्राउ गरेको हो ।
रुबिनाले गएको मङ्सिर ३ गते त्यही ठाउँकी समसुल मियाँका पत्नी गुलेसा खातुनलाई फोन गरी समसुलले बलात्कार गरेको र मुद्दा मिलाउन चार लाख रुपैयाँ नदिए मुद्दा हालेर जेल पठाउने धम्की दिएका थिए । रुबिनाले गएको मङ्सिर १० गते बार्गेनिङ गरी एक लाख रुपैयाँ ठगी गरेकी थिइन् । पीडित पक्षले दिएको जाहेरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयाे । 

प्रतिकृया दिनुहोस्