×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सेयर बजार १३ अंकले घट्यो

सेयर बजार १३ अंकले घट्यो

काठमाडौँ- साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार घटेको छ । यस दिन सेयर बजार नेप्से परिसूचक १३.५९ अंकले घटेर १९१२.६९ बिन्दुमा ओर्लिएको छ । यस दिन सेन्सेटिभ परिसूचक पनि २.३९ अंकले घटेर ३७२.३४ बिन्दुमा ओर्लिएको छ ।

यस दिन ८३ करोड १६ लाख ३ हजार ६ सय ५१ रुपैयाँमा २६ लाख १३ हजार ५ सय ४० कित्ता सेयर कारोबार भएको छ ।

यस दिन म्युचुअल फण्डबाहेक अरु सबै समूहगत सूचक घटेका छन् । यस दिन १४९ कम्पनीको सेयर मूल्य घटेको छ । र, २८ कम्पनीको सेयर मूल्य बढेको छ ।

प्रतिकृया दिनुहोस्