×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एसियन कप छनोटमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

एसियन कप छनोटमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाडौं- बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले बंगलादेशसँग आज आइतबार चौंथो तथा अन्तिम खेल खेल्दैछ ।

खेल बहराइनको शेख अलि बिन मोहमद अल खालिफा मैदानमा राति पौने ९ बजे सुरु हुनेछ । नेपालले यसअघिका तीन खेलमा लगातार हार ब्यहोरेको छ । नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल पहिलो खेलमा भुटानसँग २–०, दोस्रो खेलमा कतारसँग ३–१ र तेस्रो खेलमा आयोजक बहराइनसँग ६–० गोलले पराजित भएको थियो ।

समूह ‘बी’ मा रहेको नेपाल अङ्कविहीन छ । आजको खेलमा बङ्गलादेशलाई हराउन सकेमा तीन अङ्कसहित सुखद अन्त्य हुनेछ । बङ्गलादेशले भुटानलाई हराएको थियो भने बहराइनसँग गोलरहित बराबरी खेलेको थियो ।

समूह विजेता टोलीले सन् २०२३ मा उज्वेकिस्तानमा हुने २० वर्षमुनिको एसियन कपमा स्थान बनाउनेछ । सबै तीन खेलमा जित निकालेको कतार ९ अङ्कसहित शीर्षस्थानमा छ । बहराइनको ७ अङ्क छ । अब कतार र बहराइनमध्ये एउटा टोलीले एसियन कपमा स्थान बनाउनेछ ।

प्रतिकृया दिनुहोस्