काठमाडौँ महानगरपालिकाले लामो समयदेखि सामाजिक कार्यमा सक्रिय ‘हाम्रो टिम नेपाल’ प्रयोग गर्दै आएको अनामनगरको सरकारी जग्गा खाली गराएको छ । साथै, हाम्रो टिम नेपालका अध्यक्षसहित केही सदस्यहरुलाई पक्राउ गरिएको छ । अनामनगरको युनियन हाउससँगै रहेको सरकारी जग्गा १ वर्षदेखि जबरजस्ती भोगचलन गर्दै आएको र पटकपटक ताकेता गर्दा पनि खाली नगरको भन्दै महानगरले जग्गा खाली गराएको हो ।सो क्रममा महानगरले उक्त जग्गामा रहेको टहरा समेत भत्काएको छ ।
खाली गराउने क्रममा प्रहरीले हाम्रो टिम नेपालका अभियानी विमल पन्त लगायतका अभियानीहरुलाई नियन्त्रणमा लिएको छ । उक्त जग्गा प्रयोगका बारेमा स्थानीय र हाम्रो टिम नेपालबीच विवाद समेत भएको थियो । हाम्रो टिम नेपालले निषेधाज्ञाका समयमा विपन्न नागरिकहरूलाई खाना खुवाउने अभियान सञ्चालन गर्दै आएको थियो । सामाजिक संजालमा धेरै शुभचिन्तकहरुले हाम्रो टिम समुहलाई रिहाई गर्न माग गरेका छन् । त्सतै हाम्रो टिम नेपालका सदस्यहरुलाई प्रहरीले प्रकाउ गरेपछि अभिनेता पल शाहले उनीहरुलाई तत्काल रिहा गर्न माग गरेका छन्।