×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सिराहामा बालकको मृत्युपछि तनाव : प्रहरीद्वारा अश्रुग्यास प्रहार, १० घाइते

सिराहामा बालकको मृत्युपछि तनाव : प्रहरीद्वारा अश्रुग्यास प्रहार, १० घाइते

जनकपुरधाम - सिराहाको प्रादेशिक अस्पतालमा एक बालकको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको आरोप लगाउँदै आफन्त र स्थानीयले अस्पतालमा प्रदर्शन तथा तोडफोडको प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो ।

झडपका क्रममा ९ जना प्रहरी र एक प्रदर्शनकारी गरी १० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार, दुई दिनदेखि ज्वरोले पीडित सिराहा नगरपालिका–६, बसविट्टाका १० वर्षीय राजन महरालाई आइतबार बिहान उपचारका लागि अस्पताल ल्याइएको थियो । तर, सोही दिन साँझ करिब ५ बजे उनको मृत्यु भयो ।

मृतक बालककी ठूलीआमा शोभा महराका अनुसार, अस्पताल ल्याउँदा राजनले दूध र बिस्कुट खाएका थिए । "चिकित्सकले सुई लगाउने बित्तिकै ऊ चिच्यायो र उसको मृत्यु भयो," उनले भनिन् । चिकित्सकको यही लापरबाहीका कारण मृत्यु भएको भन्दै परिवारजन र स्थानीयवासी आक्रोशित भएका थिए ।

आक्रोशित भीडले प्रदर्शन गर्दै अस्पतालमा तोडफोडको प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन एक सेल अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

प्रदर्शनमा उत्रिएका आफन्तजनले घटनामा संलग्न दोषी चिकित्सक र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोहेन्द्र प्रसाद यादवमाथि तत्काल कारबाही गर्न माग गरेका छन् ।

प्रतिकृया दिनुहोस्