×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भूसाल, चौथो दल बनाउने दाउ !

एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भूसाल, चौथो दल बनाउने दाउ !

काठमाडौँ- पार्टीविहीन बनेका नेता घनश्याम भुसालले पार्टी आबद्धताको लागि छलफललाई तीव्र बनाएका छन् । उनले नेकपा एकीकृत समाजवादीमा ठाउँ खोज्न पहल जारी राखेका हुन् । 

यहीबिच नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र नेता भुसालबीच भेटवार्ता भएको छ । एमाले परित्याग गरेका भुसाललाई अध्यक्ष नेपालले आफ्नो पार्टीमा आबद्ध हुन आग्रह गरेका स्रोतले बताएको छ । बुधबार कोटेश्वरस्थित निवासमा अध्यक्ष नेपालले भुसाललाई आफूहरूसँगै अगाडि बढ्न प्रस्ताव गरेका हुन् । पार्टीमा राम्रो पोर्टफोलियोमा बसेर काम गर्न नेता भुसाललाई अध्यक्ष नेपालले प्रस्ताव गरेको स्रोतको भनाइ छ ।

मंसिर ४ को निर्वाचनमा एमालेले टिकट नदिएपछि भुसालले पार्टी परित्याग गर्दै रुपन्देही १ मा स्वतन्त्र उम्मेदवार बनेका थिए । स्वतन्त्र उम्मेदवार भुसाललाई कांग्रेस नेतृत्वको गठबन्धनले समर्थन गरे पनि एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।

नेताहरुकाअनुसार भुसाल १/२ दिनमा नेकपा एसमा आबद्ध हुने पक्का पक्की जस्तै छ । ‘सबै कुरा मिलिसकेको छ । पद के हुने भन्दा पनि उहाँ सचिवालयमा रहनुहुन्छ,’ एक नेताले भने, ‘उहाँ १/२ दिनमा एकीकृत समाजवादीमा आबद्ध हुनुहुन्छ । यसबारे अन्तिम कुराकानी भइसकेको छ ।’

नेता भुसाललाई अध्यक्ष नेपालले पार्टी एकीकरणका विषयमा पनि जानकारी गराएका थिए । माधव नेपाल नेतृत्वको पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी एकीकरण गर्ने विषयमा अन्तिम तयारी गरेका छन् । संसद्मा चौथो ठूलो दल बन्नका लागि दुई पार्टी ‘मर्जर’को तयारीमा रहेको स्रोत बताउँछ । त्यसका लागि दुवै पार्टीले विचार र सिद्धान्त मिल्नेसँग पार्टी एकीकरण गर्न सकिने निर्णयसमेत गरेको थियो ।

नेकपा एसमा प्रवेश गर्न भुसालले एउटा प्रस्ताव पनि बुझाएका छन् ।

प्रतिकृया दिनुहोस्