×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाल र युएईबीचको फाइनल खेल पुन: रोकियो

नेपाल र युएईबीचको फाइनल खेल पुन: रोकियो

काठमाडौँ- काठमाडौँको त्रिवि क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर लिगको फाइनल खेल वर्षाका कारण पुन: रोकिएको छ ।

युएईविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । युएईले २७ ओभरमा ९ विकेट १ सय ६ रन बनाएको अवस्थामा पानी परे पछि खेल रोकिएको हो । यसअघि पनि यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पनि खेल आधा घण्टा रोकिएको थियो ।

आज खेल हुन नसकेको खण्डमा भोलि मंगलबार रिर्जभ डेको व्यवस्था गरिएको छ तर, भोलि पनि खेल हुन नसके दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ । पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ । वर्षाले सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आइसीसीको एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) वरीयतामा माथि हुने टोली एसिया कपमा पुग्नेछ ।

आइसीसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् । खेल रद्द हुँदा नेपाल ओडिआई वरियताको कारण एसिया कपमा स्थान सुरक्षित गर्नेछ ।

प्रतिकृया दिनुहोस्