×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौं महानगर कार्यपालिका बैठकले तोक्यो नगरसभाको मिति

काठमाडौं महानगर कार्यपालिका बैठकले तोक्यो नगरसभाको मिति

काठमाडौं- काठमाडौं महानगरपालिकाको नगरसभाको ११ औँ अधिवेशनको मिति तोकिएको छ । आइतबार बसेको कार्यपालिका बैठकले असार ५ गतेलाई नगरसभाको मिति तोकेको हो ।

बैठकमा मेयर बालेन्द्र साहले नगरसभाको बैठक आव्हान, राजस्व परामर्श समिति गठन, कार्यपालिकाअन्तर्गतका विषयगत समिति गठन र विविध गरी ४ वटा प्रस्ताव पेश गरे । बैठकले उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा स्थानीय राजस्व परामर्श समिति गठन गरेको छ ।

सदस्यहरूमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, वडा १४ का अध्यक्ष सुमन श्रेष्ठ, कार्यपालिका सदस्य मीना सिंह चयन भएका छन् । त्यस्तै विभिन्न विषयगत समितिका संयोजकहरूको नाम अनुमोदन भएको छ ।

 

प्रतिकृया दिनुहोस्