×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओली-प्रचण्ड बालकोट-बालुवाटार दौड

ओली-प्रचण्ड बालकोट-बालुवाटार दौड

काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोट पुगेका छन् । मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका प्रचण्ड सल्लाह लिन बालकोट पुगेका हुन् । 

पछिल्ला केही दिनयता यी दुई नेताबीचको भेट बाक्लो हुँदै गएको छ । सत्ता गठबन्धनमा सरकारको नेतृत्व गुमाएको नेपाली कांग्रेसले खेल्नसक्ने संकेतकाबीच प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले भेटलाई बाक्लो पारेका छन् । प्रधानमन्त्रीले कांग्रेससँगमा हिमचिम बढाएको आशंका ओलीको छ । उनले प्रधानमन्त्रीलाई सम्पर्कमै राख्न चालेका छन् ।

यी दुई नेताबीच शनिबारमात्रै भेट भएको थियो । त्यो दिन प्रधानमन्त्रीलाई भेट्न ओली बिहानै बालुवाटार पुगेका थिए । त्यसअघि बिहीबार छलफल भएको थियो भने बुधबार साँझ पनि ओली निवास बालकोटमा यी दुई नेताबीच छलफल भएको थियो ।

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली चनाखो छन् । प्रचण्ड ओली भेटमा मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुख चयनसहित शक्ति बाँडफाँटका विषयमा कुराकानी भएको बताइएको छ ।

मन्त्रालय, राष्ट्रपति र उपराष्ट्रपति तथा सभामुख र उपसभामुखमा प्याकेजमै सहमति गर्ने पक्षमा दलहरू छन् । प्रमुख सत्ता साझेदार दलहरुबीच भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । यसैमा सभामुख र राष्ट्रपति जस्ता पदमा नेपाली कांग्रेसले पनि दाबी गर्दा गठबन्धनमा संशय पैदा भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच पटक पटक जतिसक्दो चाँडो मन्त्री र मन्त्रालयको टुंगो लगाएर सरकार विस्तार गर्नेबारे छलफल हुँदै आएको छ । तर छलफलले मूर्तरूप भने पाउन सकेको छैन ।

प्रतिकृया दिनुहोस्