काठमाडौं - जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहित चार सय सय नेता कार्यकर्तालाई आज पोखरामा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेमा स्वागत गरेका छन् ।
गण्डकी प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा जसपाका ९ केन्द्रीय सदस्य, १३ जना प्रदेश पदाधिकारी तथा सदस्य, १२ जना जिल्ला सदस्यका साथै भातृसंगठनका तीनजना अध्यक्षसहितले नेकपा एमालेमा प्रवेश भएका हुन् ।